उफ्फ ! श्राद्ध गर्दै सेतीमा हेलिए सिग्देल
पाेखरा | असोज २६, २०८०
पाेखरा: गत बुधबार तिथी परेपछि पितृको श्राद्ध गर्न गाइघाटस्थित सेती किनारमा पुगेका कृष्ण सिग्देलको अवस्था अज्ञात छ ।
स्याङ्जा हरिनास गाउँपालिका ३ का २३ वर्षीय सिग्देलको अवस्था उक्त दिन दिउँसो साढे २ बजेदेखि बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
श्राद्ध गर्नेक्रममा सिग्देललाई सेती नदीले बगाएको भन्ने सूचनापछि वडा प्रहरी कार्यालय बगरले खोजी कार्य सुरु गरेको थियो ।
तत्कालै प्रहरीसँगै नेपाली सेना, सशस्त्र प्रहरी र प्रदेश प्रहरी गण पोखराको उद्धार टोलीले सिग्देलको खोजी गरेपनि उनी भेटिएका छैनन् ।
सिग्देलको खोजी कार्य जारी रहेको जिप्रका कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विक बताउँछन् ।
उक्त समयमा सोही स्थानमा रहेका प्रत्यक्षदर्शीका अनुसार श्राद्धकाक्रममा पितृलाई तर्पण दिन सिग्देल नदीतर्फ लागेका थिए । त्यसपछि झन् नदीभित्र अघि बढेपछि उनलाई अघि नबढ्न र फर्कन भनिएको थियो ।
किनारबाट बोलाएको आवाजलाई बेवास्ता गर्दै उनी बिस्तारै उत्तरतर्फ बढ्दै गए । त्यसपछि नदीको सतह गहिरो भएको ठाउँमा पुगेपछि सिग्देलले आकाशतर्फ हेर्दै हात जोडेर नमस्ते गरी अलप भएको बताइएको छ ।
त्यसपश्चात् उनको खोजतलाश जारी छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

